|

गुल्मी :   नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले उमेर ढल्केका र  शारीरिक रुपमा पनि अशक्त भएका नेताहरूबाट देश नचल्ने बताएका छन्।

नेपाली कांग्रेस गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरूको जोश र जाँगरबाट समस्याहरू समाधान हुन सक्ने भन्दै युवा नेताहरूको नेतृत्व आउनुपर्नेमा जोड दिएका छन्।

के अब गगन थापाको नेतृत्वमा सरकार बन्ला त भन्ने थाहाखबरको प्रश्नमा भण्डारीले पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने बताए।

पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ। यस्तै, जिल्लामा अधुरा तथा नयाँ विकास निर्माणका कामहरूलाई पूरा गर्ने गरी काम गर्ने पनि उल्लेख गरे।  गुल्मी जिल्लालाई विकास निर्माणले नमुना जिल्ला बनाउने गरी आफूले योजना बनाएको पनि उल्लेख गरेका छन्। यता गुल्मी क्षेत्र नं १ को प्रदेश सभा (ख) का सांसद धनेन्द्र कार्कीले जिल्लाको बिकास र निर्वाचनमा गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.