|

काठमाडौं : स्याङ्जा २ मा नेपाली कांग्रेसले निरन्तर अग्रता कायम  राखेको छ।  पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार धनराज गुरुङ ले १५ हजार ७१ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार पद्मा अर्यालले १२ हजार ९०९ मत पाएर  पछ्याइरहेकी छन्। धनराजको मतान्तर अर्यालको भन्दा २१६३ ले बढी छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङले ५ हजार ९६२  मत पाएका छन्।

त्यस्तै, प्रदेशसभा २ तर्फ कांग्रेसका महेश भट्टराईले २१४६ मत पाउँदा एमालेका बुद्धिमान श्रेष्ठले २३३६ मत पाएका छन्। एमालेका श्रेष्ठ १९० मतान्तरले कांग्रेसका भट्टराईभन्दा अगाडि छन्।

स्याङ्जामा ७० हजार १ सय ९१ मत खसेको छ। अहिले उच्च सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.