|

काठमाडौं :  नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टी माओवादी केन्द्रमा मिसिँदै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएको छ।

एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै यस्तो हल्लामा कुनै सत्यता नरहेको र निराधार हल्लाका पछि नलाग्न प्रष्ट पारेका छन्।

विज्ञप्तिमा भनिएको छ, विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र ) बिच तत्काल एकता हुदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौ कि यो प्रचार पूर्णत ः निराधार हो, यसमा कुनै सत्यता छैन।'

 नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्द बनाउनु पर्नेमा  आवश्यकता छ भन्नेमा आफ्नो पार्टी प्रष्ट भए पनि  अहिले त्यस सम्बन्धमा कुनै छलफल, वार्ता वा सम्बाद केही नभएको पनि महासचिव भुसालले बताएका छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.