|

दोलखा :  दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीको अग्रता कायमै छ।

 जिल्लाको दुई गाउँपालिका गौरीशंकर र शैलुङ्ग गाउँपालिकाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत प्राप्त गरेका छन्। हालसम्म ८ हजार ८  सय ९७ मतगणना हुँदा कार्की २ हजार १ सय ८ मतान्तरले अगाडि  छन्। 

कार्कीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २ हजार ९  सय २८  मत प्राप्त गरेको दोलखा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

प्रदेशसभा सदस्यतर्फ पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन्। प्रदेशसभा क मा ८ हजार १ सय १३ मत गणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ४ हजार २ सय ४२ मत प्राप्त गर्दा एमालेका नरबहादुर श्रेष्ठले २ हजार ९ सय ८३ मत प्राप्त गरेका छन्।

प्रदेशसभा ख मा  कांग्रेसका बर्मा लामाले ४ हजार ९ सय ३४ मत प्राप्त गर्दा एमालेका भरत बहादुर केसीले ४ हजार ४ सय २२  मत प्राप्त गरेका छन्।   जिल्लामा समानुपातीक तर्फको मतगणना पनि जारी छ। प्राप्त विवरण अनुसार नेपाली कांग्रेसले ७ सय ६३, नेकपा एमालेको ४ सय ४६, नेकपा माओबादी केन्द्रको ४ सय १९, राष्ट्रिय स्वतन्त्र पार्टीको १ सय १४ र नेकपा एकिकृत समाजबादी पार्टीको १६ मत रहेको छ। अहिले कालिञ्चोक ८  र मेलुङ्ग गाउँपालिकाको मतगणना  सुरु भएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.