|

एक खेलअगावै नकआउट चरण पुगिसकेको ब्राजिल समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको छ।

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताकै रुपमा अन्तिम १६ मा पुगेको हो।

कतारको लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले गोल गरे। उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन्।

त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले गोल गर्ने केही अवसर गुमाएको थियो। क्यामरुनले पनि गोलको केही अवसरको सदुपयोग गर्न सकेन।

यससँगै तीन खेलमा ६ अंक जोडेर ब्राजिल शीर्ष स्थानमा रह्यो। तीन खेलमा ४ अंक जोडे पनि क्यामरुन समूह चरणबाट बाहिरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.