|

दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटी स्टेडियममा गएराति पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो।

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए। तर २७औँ मिनेटमा किम योङ जीओनले गोल गर्दै दक्षिण कोरियालाई १–१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २–१ को जित दिलाए। यो जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। उसले तीन खेलमा ४ अंक जोड्यो ।

पोर्चुगल यसअघि नै समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ। उसले तीन खेलमा ६ अंक जोडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.