नेदरल्याण्ड्स र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलिया खेल्ने

|

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।

अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।

नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।

यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। 

अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.