|
फाइल तस्विर

काठमाडौं : कैलालीको धनगढीमा लागेको निषेधाज्ञा शनिबार बिहान हटाइएको छ। 

ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि धनगढीमा जारी निषेधाज्ञा बिहान ४ बजे हटाइएको हो। 

अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको बिहीबार बिहान ग्रेडरको ठक्करबाट मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिएको थियो। 

निषेधाज्ञाबीच शुक्रबार  पनि प्रदर्शन चर्किएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने केही विद्यार्थी र अन्य केहीलाई नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.