|

जी सेभेन र सहयोगी देश रुसी कच्चा तेलको मूल्यको सीमा अनुमोदन गर्न सहमत भएका छन्।

युक्रेनमाथि रुसले आक्रमण जारी राखेको भन्दै उसलाई तेल निर्यातबाट नाफा नहुने गरी मूल्य सीमा निर्धारण गर्न जी सेभेन र सहयोगी देश सहमत भएका हुन्। ​यसअनुसार रुसी कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर निर्धारण गरिएको छ।

यसअघि रुसी तेलको मूल्यका विषयमा युरोपेली संघमा सहमति जुटेको थियो। युरोपेली संघमा पोल्याण्डसहितका केही देश धेरै मूल्य तिर्न तयार नभएपछि मूल्य घटाउने सहमति जुटेको थियो ।

युरोपेली संघले रुसी कच्चा तेलको मूल्य ६५ देखि ७० डलर प्रतिब्यारेल तोक्ने तयारी गरे पनि पोल्याण्ड, लिथुआनिया र इस्टोनियाले विरोध गरेका थिए। उनीहर"को विरोधपछि युरोपेली संघ मूल्य घटाउन तयार भएको थियो।

शुक्रबार रुसी कच्चा तेल ६४ डलर प्रतिब्यारेलमा बिक्री भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.