|

काठमाडौं : वैदेशिक रोजगारीमा कार्यरत श्रमिकले रोजगारदाता देशबाटै श्रम स्वीकृत लिन  पाउने भएका छन्।  एकपटक श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीले रोजगारदाता देशबाट पुन: श्रम स्वीकृत लिन  सक्ने गरी अनलाइन प्रणालीको विकास गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

वैदेशिक रोजगार ऐन,२०७४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अनिवार्य रूपमा श्रम स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था छ। यसअघि  एकपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले श्रम अवधि सकिएपछि पुन श्रम स्वीकृतिका लागि व्यक्ति आफैँ उपस्थित हुनुपर्ने व्यवस्था थियो। 

जुन व्यवस्था झन्झटिलो भएकाले रोजगार दाता देशबाटै लिन सक्ने व्यवस्था गरेको श्रम मन्त्रालयका सह प्रवक्ता थानेश्रवर भुसालले जानकारी दिए। रोजगारीका शिलशिलामम विदेशमा रहेकालाई  पुन श्रम स्वीकृति अनिवार्य छ।

श्रमस्वीकृति नवीकरण नगरी रोजगारदाता देशमा कार्यरत नेपाली श्रमिकको रोजगारदाता देशमै मृत्यु भएमा वा अंगभंग र बिरामी हुँदा उपचारलगायत सेवा पाउँदैन।  पुन श्रम स्वीकृति लिएसँगै ती समस्या समाधान हुने भुसालको भनाइ छ।
  
रोजगारदाता देशमा कार्यरत श्रमिकले श्रमस्वीकृतिको अवधि समाप्त हुनअघि नै अनलाइनमार्फत आफू कार्यरत रहेको मुलुकबाट नै श्रमस्वीकृति नवीकरण गर्ने सक्नेछन्। पुन श्रम स्वीकृति नलिई रोजगारदाता देशमै काम गर्दै बसेका श्रमिकहरूको मृत्यु भएमा उनीहरूका परिवारले कल्याणकारी कोषबाट सरकारले दिने सुविधा पाउनबाट वञ्चित हुँदै आएका थिए।

वैदेशिक रोजगार ऐनअनुसार श्रम स्वीकृति लिएको म्याद समाप्त भएको १ वर्षभित्र कल्याणकारी कोषबाट आर्थिक सहायता पाउने व्यवस्था छ। श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना भई गम्भीर बिरामी भएमा कानुनबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमाबापतको रकम दाबी गर्न सक्ने कानुनी व्यवस्था छ। 

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमा १ हजार ४ सय ७९ नेपाली श्रमिकको विभिन्न देशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयमो तथ्यांक छ।  बोर्डको तथ्यांकमा गत आर्थिक वर्ष २४५ अंगभंग र गम्भीर बिरामी परेका थिए। सरकारले श्रम स्वीकृतिका क्रममा विदेश वा स्वदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई जनही ७ आर्थिक सहयोग गर्ने कानुनी व्यवस्था छ।

त्यस्तै, देश अनुुसार वैदेशिक रोजगार म्यादी बीमाबापत करिब ११ लाख मृतक श्रमिकका परिवारले क्षतिपूर्ति पाउने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.