|

काठमाडौं :  सन् २०२२ को नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ। प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि क्वार्टर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन्।

साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरू सुरु हुँदै छन्। विश्वकप फुटबल मध्यपूर्वमा र यससमयमा हुन लागेको यो पहिलो पटक हो। यससँगै कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ। यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरूको भीड विश्वभर नै छ। नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरू राति प्रायः बुक हुने गरेका छन्। यतिसम्मकी होटल, रेष्टुराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन।

यसपटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ। किनभने फुटबलका महारथी मानिने देशहरू कमजोर मानिएका देशहरूसँग पराजित भइरहेका छन्। जसकारण नकआउट चरणमा पुगेका देशहरूको समीकरण पनि हेर्न लायक बनिरहेको छ।

आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भए पनि समर्थकहरू विश्वकपका हरेक खेलहरू हेर्न छुटाउँदैनन्। घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ। त्यसैले पनि होला आज भोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरू राति पर्यटकहरूले होइन, विश्वकप हेर्नेहरूले भरिभराउ देखिन्छन्।

होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरू चुक्दैनन्। होटलहरूले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन्। यतिबेला होटलमा मात्रै विश्वकप सीमित भने छैन। जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरूको जमात पनि बाक्लै छ। फिफा विश्वकप २०२२ को यो अवसरमा विश्वकप हेर्नेहरूको गतिविधिहरूका बारेमा कैद गरेका यी तस्बिर आजको फोटो फिचरमा।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.