|

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य व्यवसायी दुर्गा प्रसाईँ र पूर्व युवराज पारस शाहबीच भेटघाट भएकाे छ।

प्रसाईँले उक्त भेट अर्थपूर्ण रहेको बताएका छन्। शनिबार शाहसँग भेट भएको प्रसाईँले सामाजिक सञ्जालमार्फत बताएका हुन्। भेटमा दुवैबीच देशको पछिल्लो राजनीतिक तथा आर्थिक विषयमा कुराकानी भएको प्रसाईँले थाहाखबरसँग बताए। 

एमाले छोडेर राप्रपामा प्रवेश गर्न लाग्नुभएको हो भन्ने हाम्रो प्रश्नमा प्रसाईँले भने, 'होइन।'

प्रतिनिधि सभा निर्वाचनमा झापा-३ बाट चुनाव लड्न तयारी गरेका प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि असन्तुष्ट रहँदै आएका छन्। झापा-३ मा एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.