|

काठमाडौं : स्थानीय तहमा पालिका प्रमुख भइसकेका १२ जना प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार जना प्रतिनिधि सभा सदस्य र आठ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा स्थानीय सरकार प्रमुख भइसक्नुभएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बाँके निर्वाचन क्षेत्र नं २ बाट, रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं। ५ बाट, काठमाडौँको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे काठमाडौँ निर्वाचन नं। ३ बाट र इलामको इलाम नगरपालिका प्रमुख महेश बस्नेत इलाम निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। 

प्रदेश सभामा स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दास स्याङ्जा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १, रुकुमपश्चिम जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा रुकुमपश्चिम निर्वाचन क्षेत्र नं १ (२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ६ (१), ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ललितपुर २ (१) र मोरङको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली मोरङ ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए।

त्यस्तै कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं १ (१)बाट, स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल स्याङ्जा १ (२) बाट र इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राई इलाम १ (२) बाट प्रदेश सभामा निर्वाचित भएको जिल्ला समन्वय समिति महासङ्घ नेपाल, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जानकारी दिएको छ। 

स्थानीय तहमा बसेर काम गरेका व्यक्ति जनतासँग नजिकमा रहेर काम गर्ने भएकाले पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको र त्यसलाई मतदाताले अनुमोदन गरेको निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूले दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.