|

काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा  नेपाललले आज स्कटल्याण्डसँग खेल्दैछ। 

खेल दिउँसो पौने २ बजे नामिबियाको युनाइटेड क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ।

यो शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई हराएको थियो भने दोस्रो खेल वर्षाले प्रभावित बनेपछि नेपाल र नामिबियाले अंक बाँडेका छन्।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। 

स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.