|

काठमाडौं : क्यान्सर रोगबाट पीडित ब्राजिलका फुटबल लेजेन्ड पेलेले आफ्ना समर्थकलाई शान्त र सकारात्मक रहन आग्रह गरेका छन्।

पेलेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना शुभचिन्तकलाई आफू बलियो रहेको र अझै आशा रहेको बताएका हुन्। 

हाल उनी ब्राजिलको साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत छन्।

गत वर्ष क्यान्सरको शल्यक्रियापछि उनलाई किमो थेरापी गरिँदै आइएको छ । गत मंगलबार स्वास्थ्यमाजटिलता आएको भन्दै अस्पताल भर्ना गरिएको थियो।

उनले अस्पतालबाटै अहिलेको अवस्था सामान्य रहेको बताएका छन्। साथै उनले आफूलाई ब्राजिलियन खेलाडीले जारी कतार विश्वकपमा गरेको प्रदर्शनले उर्जा मिलेको समेत बताएका छन्। 

उनी अस्पताल भर्ना भएपछि विश्वभरबाट उनलाई सुभेच्छाको सन्देश आउन थालेको उनले बताएका छन्। जसको परिणामस्वरुप आफू स्वस्थ्य भएको उनको भनाइ।

विश्व स्टार केलियन एम्बाप्पेलगायतका खेलाडीहरुले पनि उनको स्वास्थ्य लाभको कामना गर्दै ट्वीटरमा ‘प्रे फर किंग’ लेखेका थिए। 

पेले विश्व फुटबलकै महान् खेलाडी हुन्। उनको महत्वपूर्ण भूमिकामा ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो।  विश्वकपमा उनले १४ खेलमा १२ गोल गरेका छन् भने उनले आफ्नो खेलाडी करियरमा १२ सयभन्दा बढी गोल गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.