|

काठमाडौं : सिभिल बैंकले मंसिर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ।

जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्यक्रम उक्त कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटालगायत विभिन्न व्यवसायीको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनोट गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिइन। साथै यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने विश्वस व्‍यक्त गरिन्।

त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगंजका उपनिर्देशक छवी लाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मीलगायत  टेम्पू व्यवसायीहरु र मीडियाकर्मीहरु सहभागी थिए।

डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुविधासँगै सुरक्षा प्रदान गरेको कुरा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.