|

दोलखा : दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनको मतगणना जारी  छ। 

आज  दिउँसो ३ बजेसम्मको प्राप्त तथ्यांकअनुसार दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।  सुरुवाती चरणदेखि सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएको भए पनि दोलखाको भीमेश्वर नगरपालिकाको मतगणनापछि एमालेका उम्मेदवार अगाडि भएका हुन्। 

हाल सम्मको नतिजाअनुसार प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटीले १९ हजार ७४४ मत पाएका छन् भने माओवादीका गंगा कार्कीले १८ हजार ३८५ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १३५९ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.