|

दोलखा :  दोलखाको प्रतिनिधिसभातर्फ ४६ हजार १३२ मत मतगणना भएको छ। जिल्ला निर्वाचन आयोग कार्यालयले दिएको पछिल्लो मत परिणामअनुसार हालसम्म नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ८५२ मतको अग्रता लिएका छन्।

शिवाकोटीले २० हजार ६४५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका  गंगा कार्किले १९ हजार ७९३ मतका साथ पछ्याइरहेका छन्।

यसअघि शिवाकोटीले १३५१ मतको अग्रता बनाएका थिए। दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.