|

धनगढी : कैलालीका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत एक शिक्षकविरुद्ध मुद्दा दायर भएको हो। 

विद्यालयका संयोजकसमेत रहेका शिक्षक मथुरा चौधरीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता
श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो। 

सो निवेदनमाथि अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। 

चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएकोले उनीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.