|

दोलखा : दोलखामा नेकपा एमाले र नेकपा माओवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

दोलखाको गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार अगाडि रहँदा भीमेश्वर नपाको मतगणनामा एमालेका उम्मेदवार अगाडि रहेका थिए। जिल्लामा अहिले बैतेश्वरको मतगणना हुँदा एमालेका उम्मेदवार पछि परेका छन्।

यो समाचार तयार पर्दासम्म जिल्लामा प्रतिनिधिसभातर्फ ४९‚६३५ मत गन्दा प्राप्त मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले २१‚४१२ मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले २१‚१४३ प्राप्त गरेका छन्। शिवाकोटीभन्दा कार्की २६९ मतले अगाडि छन्।

प्रतिनिधिसभातर्फ भीमेश्वर नगरपालिका‚ जिरी नगरपालिका, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको मतगणना सकिएको छ भने हाल वैतेश्वर र तामाकोशी गाउँपालिकाको मतगणना जारी छ। अझै विगु,शैलुङ र मेलुङ गाउँपालिकाको मतगणना हुन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.