|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत) बीच सिष्टाचार भेट भएको छ। दुवैबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा आज भेट भएको हो। ​

जनमत पार्टीका अध्यक्ष राउतलाई स्वागत गर्दै उपसभापति खड्काले राउत र उनको पार्टीको विजयमा बधाई तथा शुभकामना दिए‍का थिए।

भेटका सन्दर्भमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषय र समसामयिक  एजेन्डाबारे विचारको आदानप्रदान र समग्रमा छलफल  सकारात्मक र उपलब्धिमूलक रहेको दुवै नेताले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.