|

काठमाडौँ : मंसिर २० र २१ गते अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ आयोजना हुने भएको छ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ प्याब्सकको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको हो।

आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सकले ३२ वटा विद्यालय सहभागी हुने जनाएको छ। कार्यक्रम संयोजक राजु पुडासैनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद सहित पदक र प्रमाणपत्र समेत प्रदान गरिनेछ। साथै बेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार वितरण गरिनेछ।

कार्यक्रममा प्याब्सक अध्यक्ष गेन्द्र लामाले २०६१ सालमा स्थापना भएको उक्त संस्थाले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

यसैगरी प्याब्सक महासचिव राजन श्रेष्ठले विद्यार्थीको बौद्धिक क्षमता बढाउन र आत्मीयता जागृत गर्न  फुटसल कप आयोजना गरिएको दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.