|

दोलखा : दोलखा प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।

काफ्लेले नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८,०४२ मतले पछाडि पार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। कांग्रेसका काफ्लेले २२,७९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठले १४,७५५ मत ल्याएर पराजित भएका छन्।

काफ्लेले मतगणनाको शुरुदेखि अग्रता कायम राखेका थिए। काफ्ले कांग्रेसका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ २०७४ सालको स्थानीय निर्वाचनमा मेलुङ गापा अध्यक्ष बनेका थिए। श्रेष्ठ अहिले नेकपा एमाले दोलखाका अध्यक्ष पनि हुन्।

प्रदेशसभा (क)मा जम्मा ४४,७८९ मत खसेको थियो। यो क्षेत्रमा जिरी नगरपालिका सहित गौरीशंकर गापा, तामाकोसी, मेलुङ र बैतेश्वर गापा पर्छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.