|

काठमाडौं : साविक च्याम्पियन लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।

टियू क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि हात पारेको हो।

एकदिवसीय क्रिकेटमा टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनी प्रदेश खराब प्रदर्शनको शिकार हुँदा ९३ रनमा नै समेटियो।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका मिलन बोहोराले ५ विकेट लिए। जवाफमा उक्त लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ३९ रनको अविजित इनिङ खेल्दा दिपक बोहोराले २५ रन बनाएका थिए। अनुराग सिंह २२ रनमा आउट भए।

लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट तथा  निर्मल गुरुङ र अभिषेक गौतमले १-१ विकेट हात पारेका थिए।

त्यसअघि टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले खराब प्रदर्शन गरेको थियो। उसका लागि आकाश त्रिपाठीले ३८ रन बनाउनु सर्वाधिक रह्यो।

खराब ब्याटिङ गरेको लुम्बिनी २९ ओभर १ बलमा अलआउट हुँदै ९२ रनमा नै सीमित भएको थियो। उसका लागि आकाशबाहेक अन्यको प्रदर्शन निराशाजनक रह्यो। नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल रहे।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनल पुगेको थियो। लुम्बिनी र सुदूरपश्चिमबीच गत संस्करणमा भएको फाइनल भने लुम्बिनीले १ सय १३ रनले जितेको थियो। 

जारी संस्करणमा भने सुदूरपश्चिमले शतप्रतिशत नतिजा निकाल्दै उपाधि चुम्यो।

७ मंसिरमा शुरु भएको प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो। उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्दा उपविजेता लुम्बिनीले १ लाख नगद हात पार्‍यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.