|

काठमाडौं : विभिन्न संघ संस्थाहरूले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान गर्दै आएका छन्।

यस वर्ष ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ मूल नाराका साथ देशैभरि यो अभियान शुरु भएको छ।

यसै क्रममा आज काठमाडौं स्कुल अफ ल का विद्यार्थीले शान्तिपूर्ण र्‍याली निकालेका छन्। स्कुलको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको र्‍याली नयाँ बानेश्वरबाट शुरु भएर माइतीघरमा पुगेर टुङ्गिएको छ।

र्‍यालीमा कलेजका शिक्षक तथा विद्यार्थी सहभागी रहेका थिए।

तस्वीरमा लैंगिक हिंसाविरुद्धको र्‍यालीः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.