|

काठमाडाैं : आगामी पुस २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिल्ङ्गिङ’को मोशन पोस्टर सार्वजनिक गरिएको छ। यसअघि पुस १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको हो।

अहिलेको अवस्थामा दुई राम्रो नेपाली सिनेमा एकै मितिमा जुधाउनुभन्दा एक हप्तापछि सोलो रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रावर्तीले बताए।

‘हामी बलिउड र हलिउड सिनेमासँग भागेर नेपाली सिनेमा एक आपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले चि मुसी चि पुस २२ गते रिलिज गर्न लागेका हौं‚’ निर्माता चक्रावर्तीले भने।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सार्वजनिक मोशन पोस्टरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ।

फिल्मको पार्श्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ। सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने विश्वास निर्माण टिमको छ।

सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। सिनेमा नेपाली र बलिउड प्राविधिकको सम्मिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन्। सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्तीले लगानी गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.