काठमाडौं : ५ लाख ५० हजार रूपैयाँ बिगो रहेको बैकिङ कसुरमा फरार रहेका चानसबहादुर गिरी ४ महिनापछि पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१३ घर भई काठमाडौंको सामाखुसी बस्ने ४४ वर्षका गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको हो।
काठमाडौं सुकेधाराबाट आइतबार पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि आज प्रहरी वृत्त बौद्ध पठाइएको कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उच्च अदालत पाटन ललितपुरले गत साउन २४ गते पक्राउ पुर्जी जारी गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।