|

बैतडी :  पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।  बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

मायाको शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाँटी रेटेको अवस्थामा गत बुधबार शव फेला परेको थियो। सोही ठाउँकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन्। उनको उपचार भइरहेको छ। 

सशस्त्र प्रहरीका जवान समेत रहेका भरतलाई हिजो कञ्चनपुरको  महेन्द्रनगरबाट पक्राउ गरिएकोमा आज सार्वजनिक गरेको हो।  मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा भरतको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। प्रेमसम्बन्धमा रहेका माया र भरतबीच प्रेमसम्बन्धकै बारेमा खटपट हुँदा घटना भएको जनाएको छ। 

मायाको मोबाइल गत आइतबार भरतले आफ्नो नियन्त्रणमा राखेको र मायाको अन्य केटाहरूसँग पनि प्रेमसम्बन्ध रहेको शंकामा भरतले मायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

 थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थपेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.