मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा

|

फिफा विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गतका अन्तिम दुई खेल हुँदैछ। 

कतारको एजुकेसन सिटी  स्टेडियममा नेपाली समयअनुसार बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

लुसिल स्टेडियममा राति पौने १ बजे हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्नेछन्। ​पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.