|

काठमाडौं : स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको छ। 

नारायणगोपालको ३२औँ स्मृतिदिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो। 

सम्मान ग्रहण गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए। ‘नारायणगोपालको बारेमा धेरै कार्यक्रम हुन्छन् तर उहाँको गायन पक्षको बारेमा कसैले पनि अध्ययन अनुसन्धान गरेको देखिनँ’, उनले भने, ‘किन त्यत्ति धेरै मन पराइन्छ भन्ने खोजेको देखिनँ। आगामी दिनमा नारायणगोपालको बारेमा विस्तृत अध्ययन हुन जरुरी छ।’

वरिष्ठ संगीतकार प्रकाश गुरुङले धेरै कलाकारको संगत गरे पनि नारायणगोपालमा भएजस्तो कला नपाएको तर्क गरे। ‘मलाई अहिले सम्झिँदा पनि लाग्छ, नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुन्थ्यो, शरीरबाट नै आवाज निस्किन्थ्यो’, उनले भने, ‘मैले अहिलेसम्म त्यस्तो गायकगायिका भेटेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.