|

काठमाडौं : सामाजिक कथावस्तुमा निर्माण भएको ‘दुई एकान दुई, दुई दुना चार’ बोलको गीत म्यूजिक भिडियो सार्वजनिक भएको छ।

नितान्त समाजसेवामा समर्पित महिलाहरुको कथामा आधारित रहेको लोकलयको उक्त म्युजिक भिडियोमा गायिका विष्णुमाया पौडेल र गायक डिजराज पौडेलले स्वर दिएका छन्।

यसअघि गायिका पौडेलका आधा दर्जन गीतहरु बजारमा आइसकेका छन्। उक्त गीत ओएसआर डिजिटलले बजारमा ल्याएको हो।

सहारा महिला समाजको प्रस्तुति रहेको गीतका निर्माता आरवी केसीले जानकारी दिए। गीतको कथा तथा कन्सेप्ट निर्माता केसीकै छ। सहारा महिला समाज २० वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था हो।

मुख्यत: पूर्व राज्यमन्त्री एबं वरिष्ठ साहित्यकार भद्रकुमारी घलेको जीवन कहानीबाट प्रेरित भएर उक्त म्युजिक भिडियो बनाइएको छ। म्युजिक भिडियोमा समाजसेवी घलेको समेत अभिनय रहेको छ।

गीतको शब्द संगीत स्वयं गायक पौडेलको छ। पिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको निर्देशन कपिल कार्कीले गरेका छन् भने अर्जुन सिलवालको नृत्य निर्देशन रहेको छ।

चर्तिक मोडल अञ्जली अधिकारी र सुधिर श्रेष्ठको मोडलिङ रहेको गीतले समाजसेवीको जीवन कथालाई जीवन्त रुपमा देखाउने प्रयास गरेको छ।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.