|

रियल म्याड्रिडबाट खेल्ने बेल्जियमका स्टार इडेन हाजार्डले अन्तरराष्ट्रिय खेलजीवनबाट संन्यासको घोषणा गरेका छन्।

उनले अब नयाँ पुस्ता बेल्जियमको फुटबल अगाडि बढाउन सक्षम रहेको भन्दै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत संन्यास घोषणा गरेका हुन्। 

विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि फिफा वरीयतामा विश्व नम्बर २ रहँदै आएको बेल्जियमको वर्तमान पुस्ताको आलोचना हुँदै आएको थियो। अहिलेको बेल्जियम पुस्तालाई स्वर्ण पुस्ताका रुपमा लिने गरिएको थियो। 

३१ वर्षीय हाजार्डले सन् २०२४ को युरोपियन च्याम्पियनसिप र सन् २०२६ को विश्वकप छनोट खेल्न सक्ने आँकलन गरिएको थियो। तर उनले विश्वकपबाट टिम घर फर्किएलगत्तै संन्यास घोषणा गरेका हुन्। 

उनले बेल्जियमका लागि १ सय २६ क्याप जित्दै ३३ गोल गरेका छन्। उनले इन्स्टाग्राममार्फत संन्यास घोषणा गर्दै भने‚ ‘मलाई माया गर्नु भएकोमा धन्यवाद। आजबाट मैले नयाँ अध्यायको शुरुवात गर्दै छु।’

उनले सन् २००८ यता निरन्तर दिएको अवसर र यो यात्रामा दिएको सहयोगप्रति सबै समर्थक र खेलकर्मीहरुलाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन् ‘आज मैले अन्तरराष्ट्रिय खेलाडीको रुपमा मेरो करिअरको अन्त्य गर्ने निर्णय गरेको छु। अब नयाँ पुस्ता तयार भएको छ। सबैसँग बिताएका क्षणहरू सम्झनामा रहने छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.