|

काठमाडौं : सानिमा बैंकले विभिन्न कार्यक्रम गरी  बुधबार १८ औं वार्षिकोत्सव मनाएको छ। 

वार्षिकोत्सवकै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अनवरत रुपमा दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मानपत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूहलगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुमा कृतज्ञता व्यक्त गरे। 

साथै, उनले आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने जानकारी गराए । 

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागिता थियो। 

त्यसैगरी आगामी २०७९ पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरु मार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेबसाइटलाई थप सुविधासहित परिष्कृत रुपमा संचालनमा ल्याएको छ । उक्त वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिनेछ।

साथै विदेशमा बस्ने नेपालीहरूले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुविधा पनि लिन सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.