|

काठमाडौं : निर्वाचन आयोगले भर्खरै सम्पन्न संघ र प्रदेश निर्वाचनमा समानुपातिकतर्फ दलले पाएका सिट संख्या सार्वजनिक गरेको छ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनीमा नेकपा एमाले पहिलो दल बनेको छ।

मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बन्दा कर्णाली प्रदेशमा एमाले र कांग्रेसले बराबर ५/५ सिट पाएका छन् भने सुदूरपश्चिममा पनि बराबर ७/७ सिट पाएका छन्।

यसैगरि सबैभन्दा बढी मधेश र लुम्बिनी प्रदेशमा १०/१० दल थ्रेसहोल्ड कटाउन सफल भएका छन्। 

सबैभन्दा थोरै गण्डकी प्रदेशमा ४ दलले मात्र थ्रेसहोल्ड कटाएर सिट हात पारेका छन्।

त्यसैगरि बागमतीमा ७, प्रदेश १ र सुदूरपश्चिममा ६/६ र कर्णालीमा ५ दलले थ्रेसहोल्ड कटाएर सिट पाएका छन्।

दलगत रुपमा हेर्दा नेकपा एमालेले प्रदेशसभातर्फ सबैभन्दा बढी सातै प्रदेशमा गरी ७० सिट हात पारेको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले सबै प्रदेशमा गरी ६४, नेकपा माओवादी केन्द्रले २९ र राप्रपाले सातै प्रदेशमा १७ सिट पाएका छन्।

प्रतिनिधिसभातर्फ थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीले गण्डकी प्रदेशमा बाहेक बाँकी ६ प्रदेशमा ९ सिट जितेको छ।

जनता समाजवादी पार्टी नेपालले प्रदेश १, मधेश र लुम्बिनीमा गरी ९ सिट, जनमत पार्टीले मधेश प्रदेश र लुम्बिनीमा गरी ९ सिट नै हात पारेको छ। नागरिक उन्मुक्तिले मधेश, लुम्बिनी र सुदूरपश्चिममा गरी ५ सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश र लुम्बिनीमा गरी ३ सिट पाएको छ।

नेमकिपाले बागमतीमा २, राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा, हाम्रो नेपाली पार्टीले बागमती र नेपाल संघीय समाजवादीले मधेश प्रदेशमा १/१ सिट पाएका छन्।

प्रतिनिधिसभातर्फ एमालेले सबैभन्दा बढी ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५/५ सिट पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्राप्त गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.