|

म्याग्दी : म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ।

भवन निर्माणका लागि जग नाप्न पुगेका निर्माण व्यवसायी अन्दाजी ४५ वर्षीय बरुवालको मृत्यु अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्नपूर्ण गाउँपालिका-६ घारनिवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लागेका थिए। डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल पुरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।

‘पुरिएको एक घण्टापछि प्रहरी र स्थानीयले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा लगेका थिए।

अस्पताल पुर्‍याएलगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेका थिए। बरुवाल जिल्लामा राम्रो काम गर्ने निर्माण व्यवसायीका रुपमा परिचित थिए। उनी निर्माण व्यवसायी संघ म्याग्दीका कार्यसमिति सदस्य थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.