|

न्यूयोर्क : अमेरिकाका एक न्यायाधीशले मङ्गलबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानविरुद्ध अमेरिकास्थित पत्रकार जमाल खशोगीको हत्याको मुद्दा खारेज गरेका छन्। बाइडेन प्रशासनले उक्त मामिलामा युवराजलाई कानुनी उन्मुक्ति रहेको कुरामा जोड दियो।

डिस्ट्रिक्ट अफ कोलम्बियाका न्यायाधीश जन बेट्सले भने कि उनी मुद्दा खारेज गर्न अनिच्छुक थिए। खगोशीको हत्यामा युवराजको संलग्नताको आरोप विश्वसनीय थियो। बाइडेन प्रशासनको निर्णयमा आफूसँग कुनै विकल्प नभएको उनले बताए। 

अदालतले अमेरिकी राष्ट्रपति जो बाइडेनले युवराजलाई प्रतिरक्षा अनुदान दिएको भन्दै मुद्दा खारेज गर्‍यो। अमेरिकी प्रशासनका अनुसार साउदी अरबका प्रधानमन्त्रीलाई यस अन्तर्गत मुद्दा चलाउन सकिँदैन। न्यायाधीशले बाइडेन प्रशासनको यो पक्षलाई स्वीकार गर्दै आफ्नो फैसला सुनाए। बेट्सले खगोशीकी प्रेमिका हतिजे चंगेजले साउदी युवराजविरुद्ध प्रस्तुत गरेको प्रमाण धेरै विश्वस्त भए पनि अमेरिकी सरकारको निर्णयलाई उल्टाउने पर्याप्त शक्ति आफूसँग नभएको बताए।

अदालतले ‘प्रतिरक्षा’को विरुद्धमा जानु र निर्णय लिनु भनेको बाइडेन प्रशासनको काममा अनुचित हस्तक्षेप हुने बताएको छ। बाइडेन प्रशासनका तर्फबाट अदालतमा दिइएको आदेशमा अन्तरराष्ट्रिय कानूनमा कुनै पनि वर्तमान राष्ट्रपतिलाई मुद्दा छुट गर्ने पूर्ण अधिकार छ।

साउदीका राजा सलमानले केही साताअघि आफ्ना छोरा राजकुमार मोहम्मदलाई प्रधानमन्त्री बनाएका थिए।

अमेरिकाको यो निर्णयको निकै आलोचना भएको छ। एम्नेस्टी इन्टरनेशनलले पनि आज खशोगीको फेरि मृत्यु भएको बताएको छ। यसमा अमेरिकालाई लाज लाग्नुपर्ने उसको भनाइ छ।

अमेरिकाले साउदी युवराजलाई भर्खरै प्रधानमन्त्री बनाएको बताएको जनाएको छ। यसैलाई मद्देनजर गर्दै उनलाई अमेरिकामा मुद्दा नचलाउने र अमेरिका भ्रमणमा छुट दिइएको हो। 

खशोगीको साउदी अरेबियाका अधिकारीहरूको टोलीले सन् २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित वाणिज्य दूतावासभित्र हत्या गरेको थियो। वासिङ्टन पोस्टका स्तम्भकार खशोगीले साउदी अरबका  राजकुमार मोहम्मदको कठोर व्यवहारको आलोचना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.