|

सुर्खेत : कर्णाली प्रदेशसभामा प्रत्यक्ष तर्फ २४ सदस्य रहेकामा चार जना मात्र पुराना दोहोरिका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ मा १६ जना प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रर्णालीबाट प्रतिनिधित्व गर्ने छन्।

प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले समान ९–९ सिट जितेको जित्दै गर्दा नेकपा एमालेले ५ र  एक स्थानमा बिजयी भएका छन्। माओवादी केन्द्रबाट सल्यान ‘क’ बाट भीमप्रकाश शर्मा, मुगु ‘ख’ बाट मंगलबहादुर शाही, कालिकोट ‘क’ बाट दुर्गबहादुर रावत, हुम्ला ‘क’ बाट रनसिंह परियार, सुर्खेत–१ ‘ख’ बाट कृष्णबहादुर जिसी, रुकुम पश्चिम ‘क’ बाट महेन्द्र केसी र ‘ख’ बाट राजकुमार शर्मा प्रदेशसभाका लागि नयाँ अनुहार हुन्।  कांग्रेसका नौ मध्ये आठ जना नयाँ अनुहार रहेका छन्।

जाजरकोट ‘क’ बाट बेदराज सिंह, ‘ख’ बाट राजीवविक्रम शाह, दैलेख–१ ‘क’ बाट पूर्णबहादुर खत्री, ‘ख’ बाट कृष्णकुमार विसी,   सल्यान ‘ख’ बाट सुरेश अधिकारी, कालिकोट ‘ख’ बाट हिक्मतबहादुर विष्ट, दैलेख–२ ‘क’ बाट घनश्याम भण्डारी, र सुर्खेत–१ ‘क’ बाट खड्कबहादुर पोखरेल नयाँ अनुहारका रूपमा प्रदेशसभामा प्रतिनिधित्व गर्दै छन्।  नेकपा एमालेबाट डोल्पा ‘क’ बाट निर्वाचित शेरबहादुर बुढा, मुगु ‘क’ बाट निर्वाचित जीतबहादुर मल्ल, जुम्ला ‘ख’ बाट निर्वाचित टेकबहादुर पछाई र दैलेख–२ ‘ख’ बाट निर्वाचित विनोदकुमार शाहले योपटक पहिलो पटक प्रदेशमा सहभागी हुँदै छन्।

यस्तै स्वतन्त्र उठेर जितेका जुम्ला ‘क’ का देवेन्द्रबहादुर शाही पनि पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दैछन्। कांग्रेसबाट टिकट नपाएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

प्रदेशसभामा १६ जना समानुपातिक तर्फबाट प्रदेससभामा प्रतिनिधित्व गर्ने छन्।  निर्वाचन आयोगका अनुसार समानुपातिक मत परिणामका आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट पाँच÷पाँच, माओवादी केन्द्रबाट चार र एकीकृत समाजवादी र राप्रपाले एक–एक समानुपातिक प्रदेशसभा सदस्य पाउने संभावना छ। प्रत्यक्षतर्फ कुनै पनि दलबाट महिला प्रदेशसभा सदस्यमा महिला निर्वाचित नभएकाले १६ मध्ये १३ जना अनिवार्य महिलालाई ल्याउनुपर्ने अवस्था रहेको छ।

त्यस्तै प्रदेशसभामा दोहोरिएका चार जना मध्ये हुम्ला ‘ख’ बाट मुख्यमन्त्री जीवनबहादुर शाही , बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही डोल्पा ‘ख’ बाट , पुर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट सुर्खेत–२ ‘ख’ बाट र नेकपा एमालेबाट सुर्खेत–२ ‘क’ बाट यामलाल कँडेल दोहोरिएका छन्। अहिले प्रदेशसभा सचिवालयले कार्यालय व्यवस्थापन, विभिन्न कार्यकक्ष सजावट, रंगरोगन, बगैँचा गोडमेल तथा मर्मत सम्भारलगायत कामहरू भइरहेका प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए।

पदाधिकारीको कार्यकक्षहरू आकर्षक बनाइएका छन्। अघिल्लो कार्यकालभन्दा यो पल्ट दुई दलका संसदीय कार्यालय थपिने बुढाथोकीले बताए। यसअघिको प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी र राप्रपालगायतका चार दलका लागि कार्यालयको व्यवस्थापन गरिएको थियो। एकीकृत समाजवादी र स्वतन्त्र सांसदका लागि पनि कार्यालय व्यवस्थापन गरिने भएको छ।

प्रत्यक्षतर्फ निर्वाचित २४ प्रदेशसभा सदस्यहरुमा ५० देखि ७० वर्ष उमेर समूहका १७ जना रहेका छन् भने ४० देखि ५० वर्ष उमेर समूहका ६ जना र ३० देखि ४० वर्ष उमेर समूहका एक जना मात्रै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.