|

विराटनगर : किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ विराटनगरमा   धुमधाम साथ मनाएका छन्।

आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आएर संगठित भएका किराँत राई यायोक्खा, याक्खा छुम्मा र किराँत याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमको आयोजना गरि उधौली पर्व अर्थात चासोक तङनाम मनाएका  हुन्।

विषेश गरेर पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने प्रचलन रहेको छ।

विराटनगरमा रहेका चुम्लुङ हिम ९ चुम्लुङ भवन०  किराँत मन्दिरहरुमा पूजा गर्ने  साथै सांस्कृतिक नृत्य लिम्बू जातिको  धान नाच, केलाङ नाच,  राईको साकेला साथै याक्खा जातीको डोकेनी नाच पनि नाचिएको थियो।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन्।बिशेषतः यो पर्व किराँतहरुको बाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा काठमाडौं उपत्यकामा भव्यताका साथ मनाउने गरिएको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.