|

काठमाडौं : शुक्रबार बिहानैदेखि सडक कालोपत्रे माग गर्दै चावहिल साँखु सडकखन्डअन्तर्गत थली क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिए। कालोपत्रे गर्ने आश्वासन दिँदै ठेकेदार कम्पनीले पटकपटक झुक्याएको भन्दै उनीहरूले पूर्ण रुपमा सडक अवरुद्द गरे।

त्यस स्थानका स्थानीयले आजभन्दा करिब आठ वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती खेप्दै आएका छन्। यसअघि कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर दास्रो साताबाट कालोपत्रेको काम सुरु गर्ने भनेर सूचना जारी गर्यो। तर, सूचना जारी भएको एक महिना बित्नै लाग्दा पनि काम सुरु नभएसँगै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

पटकपटक आन्दोलन गरियो स्थानीय सरकार ठेकेदारसँग हजारौँपटक सहमति भए तर कार्यान्वयन हुन नसकेको थलीका स्थानीय सुमी श्रेष्ठ बताउँछिन्।

 

सडकको नाममा राजनीति गर्नेका कुर्सी फेरिए पनि सडकको अवस्था उस्तै रहेको स्थानीयको भनाइ छ। सडक निर्माणको माग गर्दै स्थानीयले पटक–पटक आन्दोलन गरे। आन्दोलनरत पक्षसँग पटकपटक विभिन्न सम्झौता पनि भयो। तर,त्यो सम्झौता कार्यान्वयन भयो न सडक नै निर्माण भयो।

स्थानीय श्रेष्ठ भन्छिन्,‘चुनाव जित्नका लागि मात्र एजेण्डा बनाएका रहेछन्। कार्यकाल सकिँदा पनि निर्माण भएन। आज भोलि भन्दै टारियो।’

'आशा गरेका नेताले आश्वासन मात्र दिएपछि अब आउनेहरुको आश्वासनको भर लाग्दैन। थलीका स्थानीय अमृतकुमार थापाले भने,‘चुनावका बेला नेताहरुले आश्वासन बाँडे तर काम गर्न सकेनन्।’

आठ वर्षदेखि यहाँको सम्या यस्तै छ। सत्ता फेरियो सरकार फेरिए तर राजधानीको सडकको अवस्था फेरिएन।

सडक नबनेसम्म आन्दोलन गर्ने चेतावनी

थली क्षेत्रका स्थानीयले सडक निर्माणको काम नभएसम्म आान्दोलन जारी राख्ने भएका छन्। यसअघि एकदिन आन्दोलन गर्यो सहमति गर्दै सडक खोल्ने गरेकाले सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै आन्दोलन जारी राख्ने बताएका छन्।

आश्वासनमा धेरैपटक झुलाए अर्का स्थानीय कमलबहादुर काफ्ले भन्छन्, ललिपप देखाएर पटक पटक झुक्याइयो अब काम नभएसम्म छोड्नेवाला छैनौँ।

चावहिल-साँखु सडकको दूरावस्था

डक विस्तारका लागि चासो देखाउने तर काममा ढिलासुस्ती गराउने ठेकेदारको प्रवृत्तिका कारण काठमाडौंको चावहिल साँखु सडकखण्डको काम ७ वर्षदेखि अलपत्र अवस्थामा छ। यतिबेला कतै सडक कालोपत्रे भएका छन् त कतै खाल्डाखुल्डी र हिलाम्मे।

सिन्धुपाल्चोकको सिमानाले छोएको यो सडक वर्षौंदेखि अलपत्र रहँदा यस क्षेत्रका स्थानीय व्यापारी र यात्रुहरु कष्ठकर यात्रा गर्न बाध्य भएका छन्।

पछिल्ला समय मेलम्चीबाट राजधानी प्रवेश गर्ने यो सडकमा ठूला सवारी साधनको संख्या बढ्दै गइरहेको छ। ठूला सवारी चाप बढेसँगै सडकमा ठूलाठूला खाल्डासमेत बनेका छन्।

सडक विस्तार गर्नका लागि स्थानीयले पटकपटक आन्दोलन पनि नगरेको होइनन्। स्थानीयले आन्दोलनका क्रममा सडक नै अवरुद्ध पनि गरे। तत्कालका लागि बाटो मर्मत गर्ने र विस्तारको काम सुरु गरिहाल्ने सम्झौता भएपछि अवरोध खुल्ने गरेको छ। सम्झौता भएको केही दिन ठेकेदारले काम गरेको जस्तो देखाउने र त्यसपछि फेरि वेवास्ता गर्ने गरेको स्थानीयको आरोप छ।

व्यापारीलाई लगानी डुब्ने चिन्ता

सडकको हिलो र धुलोका कारण आफ्नो व्यवसाय डुब्ने अवस्था पुगेको व्यापारीहरुको गुनासो छ। थलीमा होटल चलाउँदै आएकी सीता खनालको गुनासो छ। होटल खोलियो खाने मान्छे कोही पनि आउँदैनन्।

सो बजार क्षेत्रमा बस्ने मान्छे १ घण्टा बाहिर बस्यो भने को हो भनेर चिन्न नसकिने उनिहरूको भनाइ छ। सडक निर्माणको माग राख्दै पटकपटक आन्दोलन भइरह्यो तर काम भने हुन सकेको छैन। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार यो सडकको २ खण्डमा मात्रै निर्माणको केही काम बाँकी रहेको भनाइ छ। अन्य खण्डको विस्तार अन्तिम चरणमा पुगेको आयोजनाको भनाइ छ।

तर, अहिलेसम्मको काम हेर्दा आशा गर्ने ठाउँ कमै छ। किनकि सडक खण्डको दक्षिणढोका,थली र डाँछी क्षेत्रमा सडक विस्तारको काम नै आधा पनि भएको छैन।

आयोजनाले चाबहिलबाट बाग्मती पुलसम्म युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रालिलाई ठेक्का दिएको छ भने दक्षिणढोकादेखि थली उकालोसम्म बज्रगुरु र च्याङमिलार खानी जेभी, थलीबाट डाँछी खण्डमा बज्रगुरु र विरुवार खान जेभी, डाँछीबाट सलम्बुटार वनको बीच सडकसम्म बिटीर सुनकोसीर वर्ल्डवाइड जेभी र त्यहाँबाट साँखुसम्म लामा र समानान्तर जेभीले ठेक्का पाएका छन्।

सात वर्षसम्म उस्तै छ अवस्था

सरकारले चाबहिल साँखु सडक निर्माण तत्कालै सम्पन्न हुन्छ भन्दै आश्वासन देखाएको सात वर्ष पूरा भयो। तर,सडक कालोपत्रे भएन। १२ किलोमिटर लम्बाइको उक्त सडक चौडा विस्तार गरेर चार लेन फराकिलो बनाउने, सडकका दुवैतर्फ फुटपाथ र २र२ मिटर अपांग मैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउन २०७२ सालमै सम्झौता भएको थियो।

तर‚ स्तरोन्नति सुरु गरेको सात वर्षमा करिब ८ किलोमिटर मात्र कालोपत्रे गरेको सडक विस्तार गरिएको आयोजनाले जनाएको छ।

पाँच चरणमा काम भइरहेको उक्त सडकको काम अझै पूरा हुन सकेको छैन। युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु–च्याङमिलारखानी जेभी, बज्रगुरु–विरुवाखानी जेभी र बिटी–सुनकोशी र वर्ल्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पछि लामा र समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ।

चाबहिलदेखि नारायण टारसम्म भने सम्पन्न भएको छ। जग्गाको मुआब्जाका कारण स्थानीयको अवरोध गरेको भन्दै सडकको काम अगाडि बढ्न सकेको थिएन। सरकारले उपलब्ध भएको जग्गामा कालोपत्रे गर्नू भनी आदेश दिएको तीन वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन।

स्थानीयलाई नवनिर्वाचित सांसदको समर्थन

काठमाडौं क्षेत्र नम्बर २ बाट मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी बनेकी नवनिर्वाचित सांसद सोविता गौतमले सडक कालोपत्रे माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयको समर्थन गरेकी छिन्। शुक्रबार थली पुगेर स्थानीयलाई समर्थन गरेकि हुन्।

उनले चुनाव प्रचार प्रसारमा रहँदादेखि नै समस्या देखेको भन्दै तत्काल समाधान गर्नुपर्ने बताइन्। सोही विषयलाई लिएर सरोकारवाला निकायसँग छलफलसमेत गरेको सुनाइन्। उनले भनिन्, जनप्रतिनिधि भएर मैले आन्दोलन गर्नु भन्न त नहुने हो तर यहाँको समस्या देख्दा आन्दोलन नगरी बस्नु भन्ने अवस्था रहेन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.