|

विराटनगर : निर्वाचनपछि मत परिणामको चासोको विषय सकिएसँगै यतिबेला प्रदेश १ मा कुन दलको नेतृत्वमा सरकार गठन हुने हो भन्ने विषयमा सबैको ध्यान मोडिएको छ।

प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेसँग पनि बुहमत छैन। त्यस्तै, सत्ता  गठबन्धनसँग पनि बहुमत छैन। प्रदेश सरकार  गठनको निर्णायक भूमिकामा रहेको जसपाले कुन दललाई समर्थन गरेर अगाडि बढ्ने हो भन्ने विषयमा अहिलेसम्म कुनै धारणा आइसकेको छैन। यसले गर्दा प्रदेश सरकार गठन प्रक्रिया निक्कै सकसपूर्ण बनेको छ।

प्रदेश १  सरकार गठनको तयारी  कसरी चलिरहको छ? गठबन्धनको सरकार बन्न सक्ने कतिको सम्भावना छ? भन्ने विषयमा रहेर माओवादी केन्द्रको नेता एवम् प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री  इन्द्रबहादुर आङ्बोसँग थाहाखबरकर्मी सुजता लिम्बूले गरेको संक्षिप्त कुराकानी :

तपाईंको पाँचवर्षे कार्यकाललाई कसरी लिनुभएको छ?

सुरुवातमा  ठूलो स्थिरता होला त्यो स्थिरताको जगमा हामीले संघीयतालाई संस्थागत गर्न सकिने र विकास र समृद्धिको एउटा महत्वपूर्ण जग बसाउन सकिन्छ भनेर अपेक्षा हामीले राखेका थियौँ। 

मलाई के विश्वास छ भने  जनता समाजवादी पार्टी  हिजो केही प्राविधिक कारणले चुनावी तालमेल गरेर  चुनाव लड्नुभएको छ।  उहाँहरुको पार्टीको एजेण्डाको हिसाबले पनि यही गठबन्धनको सरकारले गर्न सक्ने भएकाले केन्द्रीय गठबन्धनसँगै प्रदेशमा पनि समाहित हुनुहुन्छ भन्नेमा हामी पूर्णरुपमा विश्वस्त छौँ। र, फेरि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ।

खास गरेर ०७७ पुस ५ गते  केपी ओलीको असंवैधानिक कदम पछाडि संसद् विघटन भयो   त्यसको प्रभाव सबैतिर पर्ने नै भयो। त्यसले गर्दा हामीले विकासको निम्ति, समृद्धिको निम्ति कुनै पनि एजेण्डाहरुलाई संस्थागत गर्न राजनीतिक स्थिरता नहुँदा अपेक्षित काम  हुन सकेन। तर, पनि ५ वर्षमा प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारमा बसेर  पूर्वाधार क्षेत्रमा, उत्पादन, अर्थिक सामजिक विकासको क्षेत्रमा महत्वपूर्णकामका सरुवात प्रदेशमा भएको छ।

प्रदेश सरकारले  प्रत्यक्ष विकासको र सरकारको अनुभूति दिलाउनु  सुरुवात गरेको छ। क्रमश: परिणाम आउने क्रममा मात्रै छ।

हिजो गरेको महत्वपूर्णकामहरु देखा पर्न सुरुवात भएका छन्। यसैले प्रदेश सरकारको औचित्य र आवश्यकता पुष्टि गर्दै जान्छ। यो महत्वपूर्ण आधार बनेको छ। र अब आउने नयाँ सरकारको निम्ति प्रदेश सरकारलाई सम्पूर्ण  स्रोत साधन संरचना क्रमश:  सुदृढ भइरहेको स्थितिमा  एउटा गतिमा काम गर्न सक्ने वातावरण पाँच वर्षमा तयार भएको छ।

भर्खरै सम्पन्न निर्वाचनमा विजयी हासिल गरेसँगै पुनः दोस्रोपटक संसदीय यात्रा तय गर्नुभएको छ प्रदेश नै किन रोज्नुभयो?

म संघीय संसदमा सहजै दावा रहने स्थिति हुँदाहुँदै पनि  पुनः एकपटक नयाँ संरचनाको रुपमा विकास गरेको प्रदेशलाई संस्थागत गरौँ र सविधानअनुसार यसलाई कार्यन्वयन गर्दा जनतालाई  प्रत्यक्ष संघीयताको मध्यामबाट विकास र सेवाको अुनभूति गराऊँ भनेर मैले पुनः दोस्रोपटक उम्मेदवार दिएको हुँ र निर्वाचित भएर  पनि आइसकेको छु।

सरकार गठनको तयारी कसरी गर्दै हुनुहुन्छ?

निर्वाचन सम्पन्न भएसँगै सबै मत परिणाम पनि आइसकेको छ। यसो हुँदा   गठबन्धनको नेतृत्वमा सरकार बनाउने प्रयत्नमा छौँ। र  त्यो सम्भावना नै देखिन्छ।

गठबन्धनमा खास गरेर केन्द्रीय गठबन्धनमा संवैधानिक राजनीतिक जिम्मेवारीको सत्ता साझेदारी हुने भएकाले त्यसको आधारमा नै प्रदेश १ को नेतृत्व बन्छ।

स्वाभाविक हिसाबले  प्रदेशको सबैभन्दा लामो  प्रदेश सरकारको मन्त्री भएको हिसाबले र अनुभवको हिसाबले योपटक माओवादी केन्द्रको तर्फबाट नेतृत्व हुनुपर्छ भन्नेमा लागिपरेका छौँ। त्यसो हुँदा केही समयपछि एउटा टुंगोमा पुग्छ।

भनेपछि मुख्यमन्त्रीमा तपाईंको दाबी हो?

यसमा के हो भने म प्रदेश सरकारको दुईपटक  अर्थ मन्त्रालय जो प्रदेशको सबैभन्दा महत्वपूर्ण मन्त्रालय हो। यसमा मैले कार्यभार सम्हालिसकेको छु।

पार्टीबाट पनि र गठबन्धनबाट पनि दुईदुई पटक मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गरिसकेको हुँदा म दोहोर्‍याएर अथवा तेहेर्‍याएर भनौँ  प्रदेश सरकारको  कुनै मन्त्री हुने पक्षमा छैन।

यदि गठबन्धनबाट हाम्रो  प्रदेशमा  माओवादीको नेतृत्व सरकार बनेन र सरकारमा माओवादी केन्द्र सहभागी हुनुपरे  हाम्रो पार्टीबाट जो निर्वाचित भएर आउनुभएको छ उहाँहरुलाई अवसर रहनेछ। म दोहोरिएर सरकारमा मन्त्री भएर मेरो सहभागिता हुँदैन। मेरो फेरि पनि आफ्नो दाबी के छ भने लामो समय सरकारमा बसेर काम गरेको अनुभवको आधारमा योपटक माओवादी केन्द्रले र  प्रदेश सरकारको नेतृत्व मैले गर्नुपर्छ भन्ने मेरो दाबी चाहिँ  छ।

तपाईंले आफ्नो दाबी गर्दै गर्दा प्रदेश १ मा गठबन्धनकै सरकार बन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ?

अहिलेको समीकरणको हिसाबले हाम्रो गठबन्धनले बुहमत हासिल गर्न सकेन। तर,   हाम्रो १ नम्बर प्रदेशमा साझेदार रहेको जसपा अहिले पनि हाम्रो सरकारमा साझेदारमा नै हुनुहुन्छ। राप्रपाले पनि कसलाई समर्थन गर्ने भन्ने बोलिसक्नु भएको छैन।

मलाई के विश्वास छ भने  जनता समाजवादी पार्टी  हिजो केही प्राविधिक कारणले चुनावी तालमेल गरेर  चुनाव लड्नुभएको छ।  उहाँहरुको पार्टीको एजेण्डाको हिसाबले पनि यही गठबन्धनको सरकारले गर्न सक्ने भएकाले केन्द्रीय गठबन्धनसँगै प्रदेशमा पनि समाहित हुनुहुन्छ भन्नेमा हामी पूर्णरुपमा विश्वस्त छौँ। र, फेरि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.