|

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ।

गत मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।

बिहीवार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ। त्यस्तै,जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचकका दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा रुरु जलविद्युत परियोजना र ईष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, माउण्टेन इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। तर यता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा करोबार भएको छ। आज नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरको संस्थापक शेयरको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.