|

काठमाडौं : मुलुकको विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनासम्मको प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयँ बराबरको विदेशी मुद्रा सञ्चिति छ। 

यो असारको तुलनामा ११ अर्ब ६६ करोड रुपैयाँले बढी हो असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर थियो । 

गत भदौ महिनामा ११ खर्ब ९८ अर्ब १६ करोड रुपैयाँ र असोजमा १२ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो। असोजको तुलनामा कात्तिक महिनामा विदेशी विनिमय सञ्चिति ३६ अर्ब ७६ करोड रुपैयाँले घटेको छ। 

मुलुकको विदेशी विनिमय सञ्चिति कात्तिकमा नौ अर्ब ६३ करोड अमेरिकी डलर रहेको छ। यो गत असारको तुलनामा नौ करोड र असोजको तुलनामा १५ करोड डलरले बढी हो। 

चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी मुद्रा सञ्चिति ९.७ महिनाको वस्तु र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.