|

सार्वजनिक लेखक जहिले पनि सरकारलाई सचेत बनाउँदै जनताका समस्या खोतल्ने कलमजीवि हो त्यसैले सार्वजनिक लेखकले  चाप्लुसी गर्न हुँदैन।

लेखक जनताका समस्या खोज्न र लेख्नका लागि समाजले चुनेको छानेको व्यक्ति हो जबसम्म सबै जनता बिहान बेलुकीको गाँस, एकसरो कपडा र सुरक्षित सयनकक्षका लागि निस्फिक्री भएको प्रत्याभूत हुँदैन तबसम्म सरकारलाई सुझाव दिएरै लेख्नुपर्छ।

अन्ट सन्ट परिवेश जोडेर सरकारको चाप्लुसी गर्ने र आफनो दुनो सोझ्याउने कामबाट बौद्धिक लेखक अछुतो रहनुपर्ने हो परन्तु त्यस्तो भइरहेको छैन। यो डरलाग्दो बिडम्बना हो। अहिले सांसदहरुको शपथ नै भएको छैन तर फेसबुकमा हाम्रा श्रदेय नेताले ....देखि .....सम्मको बाटोका लागि ठेक्का दिई सक्नुभयो भन्ने लेखेको पाइयो।

कुनै नेतालाई आस्थाको आधारमा सह्राउने, अनावश्यक रुपमा देवत्वकरण गर्ने प्रयास गर्नु लेखकको धर्म होइन। आजकाल सामाजिक सञ्जालबाट पनि कुनै नेतृत्वलाई आवश्यकताभन्दा बढी सह्राएको र कसैलाई ज्यादै तल्लोस्तरको गाली लेखेको पढ्न  पाइन्छ।

सामाजिक सञ्जालमा कसैले इडिट नगर्ने हुँदा त्यो दासस्यभाव वा उग्रभावलाई सजिलै अनुमान गर्न सकिन्छ। यही कुरा राष्ट्रिय पत्रिकामा लेखिएमा बडो थाहा नपाउने किसिमले लेखिएको हुन्छ। 

मानिसले जित्ने भनेको मानिसको मन नै हो जुन कमलो हुन्छ। प्रशंसा चाहे झुठो नै किन नहोस त्यो दियो जस्तो हुन्छ जसले हिमालको बरफलाई पनि पगाल्न सक्छ र त्यही दियोले कसैको घर जलाउन पनि सक्छ। ज्ञान र बौद्धिक दियोलाई शक्तिमानहरुको चाकडीमा प्रयोग नगरौ। किनकी आफ्नो क्षणिक न्यानोका लागि जंगलमा आगो लगाउँदा अन्तत्वगत्वा आफू पनि बाँच्न मुस्किल हुन्छ।

मानिसका नाम नतोकौँ, लोके कृति कुले वृत्तिका अनेक प्रयासमा चाकडी एक प्रमुख साधन युगौँ अगाडिबाट प्रस्फुटन भएकै हो त्यसैले चाप्लुसीलाई भगवानले पनि पूर्ण अस्वीकार गर्नुभएन भन्ने लाग्छ।

सुरुमै बुझ्न के जरुरी छ भने चाप्लुसी भक्तिमा फरक छ। भक्तले प्रचार गर्दैन तर चाकडी गर्नेले देखावटी रुपमा सबै गर्छ।

उर्दुमा एउटा कथा छ, महम्मदले हजारौँ प्रयासपछि पनि एक बच्चाहीन महिलालाई बच्चा हुने बरदान दिनुभएन। पछि एक साधुको अनुनय विनयपछि ती महिलालाई बच्चा हुने वरदान भयो। यो थाहा पाएपछि महम्मद नजिगका व्यक्तिहरु अथवा किचन केबिनेटका सदस्यहरु मिलेर महम्मदसँग गुनासो पोख्न गए हामीले भनेर नमान्ने ती साधुले भन्नासाथ मान्ने भनेर किच किच गर्न थालेछन्।

ठिक त्यसैबेलामा महम्मदले भन्नुभएछ ल ठिक छ

“ मलाई आज ज्युदो मानिसको गोस्त (मासु) खान मन छ कसैले जुटाउन सक्छ?”

सबै दौडादौड गरेर ज्युदो मानिसको मासु खोज्न हिँडेछन्। कुनै चाटुकारले म काटिएर भगवानलाई भोग लगाउँछु भन्न सकेन सबै आफू बाँचेर महम्मदलाई खुसी पार्ने होडमा लागे अन्तिममा कोही उनै साधुकोमा पुगेछ। साधुले जब यो सुनेकी महम्मदलाई ज्यूदो मानिसको गोस्त खाने मन छ। एक सेकेन्ड पनि ढिला नगरी साधुले आफ्नै शरीर काट्नै थालेका थिए। महम्मद त्यहीँ आएर उनलाई रोकेर उनलाई भने “म त मासु नै खाँदिन तर मैले किन यी साधुको कुरा टाल्नै सक्दिन।”

यो स्तरको भक्तिको कुनै अवमूल्यन नगरौँ यहाँ भगवान् स्वशक्तिमान भएकोले साधु र महम्मदको भक्ति, हरि र प्रहदको भक्ति, नन्दी शिवको भक्ति, कृष्ण उपर राधाको भक्तिको आलोचना गरिएको होइन।

वास्तवमा भगवान स्वशक्तिमान हुन्छ त्यसैले त्यो भक्ति वा लगावका बारेमा धेरै प्रश्न नउठाऊँ। जो आफैँ शक्तिशाली ऊ विवेकशील पनि हुन्छ। नेता वा पदाधिकारी चाहे प्रधानमन्त्री, मन्त्री, सेनाप्रमुख जोसुकै किन नहोस् सबै स्वशक्तिमान होइनन् उनीहरुलाई संविधान, ऐन, अध्यादेश, नियम, रुल्स रेगुलेशनबाट अख्तियार प्रत्यायोजन गरिएको हुन्छ। त्यो पदमा लियन अख्तियार हो जो अमुक पदमा रहदासम्म अति नै प्रबल हुन्छ पदबाट हटेपछि प्रायः त्यो रहँदैन।

यही पदमा रहेकाहरु स्वस्वार्थ सिद्धीका लागि चाप्लुसीको तड्का लगाएर केही विद्धतबर्गले जीविकोपार्जन गर्छ। अनुरोध यहाँ पनि स्वच्छ प्रतिस्पर्धी बनौँ।

केही लेखकहरुले कामको आधारमा आइडोलोजीको आधारमा वस्तुनिष्ठताको  आधारमा कसैको बारेमा सकारात्मक लेख्नै पाइँदैन होइन; तर आजको दिनमा वा बितेका केही वर्षभित्र वास्तविकतालाई पनि चाप्लुसीकै क्यानभासमा ढालेर लेखियो चिन्ताको विषय यो हो।

यसले कसैलाई आत्म रति कसैलाई व्यक्तिगत लाभ होला तर काल्पनिक प्रसस्तिगानले अन्तत्वगत्वा देशलाई नोक्सान पुर्‍याउँछ भन्ने विषयमा सबैलाई यथासम्भव सचेत तुल्याउनु यो लेखको भित्री मनशाय हो; न यो आदेश न कुनै फरमान हो किनकि लेख्नु र बोल्नु अहरणीय स्वतन्त्रताको विषय हो।

दुनियाँमा कमजोर शासकका लागि सबैभन्दा प्यारो चीज चाप्लुसी हो। यसको प्रयोग गरेर लेखकहरु कुनै उच्च पदमा पुग्न पाइन्छकी भन्ने आशामा लागेका हुन्छन्। यहाँ नेरबाट असफलताको शृंखला शुरुहुन्छ।

जहाँ योग्य र क्षमतावान् व्यक्ति प्रवेश गर्नुपर्ने थियो कमजोर प्रवेश गर्छ। कुनै दृष्टिकोणबाट सक्षम व्यक्ति आफ्नो प्रतिस्पर्धात्मक क्षमताबाट वा कुनै चाकडीको बाटोबाट त्यो पदमा पुग्छ भने ऊ स्वतः कमजोर र त्यो पदसञ्चालनमा आफ्नो सबैभन्दा राम्रो सीप, भिजन र कौशल देखाउन सक्दैन।

यहाँनेर कमजोरी कसको भन्ने प्रश्न त उत्पन्न हुन्छ नै नेता को वा चाकडीवाजको। सक्षम भए पनि कसैको कृपाबाट पदमा पुग्छ भने त्यो पनि कमजोर नै हो।

यसमा प्रधान दोष तः प्रणाली वा पद्धतिमा नै जान्छ किनकि यहाँ  अति आवश्यक ठाउँमा  क्षमता र कानुनी आधारभन्दा पनि यस्तै चाकडी, चिनजान, वा आफूले पछि प्रयोग गर्न सक्ने कुरालाई ध्यानमा राखेर काम गरिन्छ। 

यसबाहेक संगठनले पनि अख्तियार जन्माउँछ यसलाई पनि कानुनीको रुपमा प्राप्त अख्तियार मानिन्छ। सक्षमता र मान्यताको आधारमा प्राप्त अख्तियार स्वशक्तिमान हुन्छ र स्वविवेकीय रुपमा चल्छ। यसलाई विरोध गर्न मिल्दैन तर वैधानिक अख्तियारको विवेकपूर्ण प्रयोगका लागि हरेक बौद्धिक वर्ग प्रतिस्पर्धामा आऊँ तर कलमलाई पाऊस्पर्शमा चरणागत नगराऊँ।

यस्तै, अवस्था छोप्नका लागि चलाख लेखकले विभिन्न तरिकाले व्यक्ति गुणगानको बल्छी फाल्दछन्। हुनतः कसैले पनि आफ्नो तबेलामा कोर्रा ठोकेर कदमताल गर्न नसकिने घोडा बाँध्दैन तर यसो भन्दैमा आफूभन्दा कमजोरलाई खोज्दै जाने हो भने देशका सबै निकायमा सामर्थ्यहीन भरिँदै जानेछन्।

यस्तै, प्रवृतिले गर्दा समग्र संस्था वा देशमा उत्कृष्टता हराउँदै जान्छ। आखिर हरेक क्षेत्रमा यही भइरहेको छ र हामी पछाडि छौँ।

कमजोर सेनापतिले जहिले पनि कमजोर सिपाहीको फौज बनाउँछ यो क्रम बढ्दै जाँदा देशका विविध निकायहरू सुकेनासको रोगबाट मानिस ग्रस्त भएझै रोगी हुँदै जान्छन्।

नेताहरूले अरू कुरामा बदमासी गरे पनि अदालत र १३ वटा संवैधानिक निकायलाई मात्र क्षमता छाडिदिने हो भने जनतामा राजनीतिप्रति वितृष्णा मौलाउन पाउने थिएन। बिडम्वना आज देशका हरेक निकायमा नेताप्रति दाससस्य भाव देखाउने व्यक्तिहरुलाई प्रश्रय दिइएको छ।

सक्षमले अवसर नपाएर नेतालाई गरेको चाकडीको भरमा मानिसहरु छान्दै जाने हो भने गणतन्त्रको मर्म मरेर जान्छ। या राज्यले प्रत्येक जनतालाई गाँस, बाँस, कपास दिनुपर्छ या जनतालाई पूर्ण प्रतिष्पर्धामा उत्रने अवसर दिनु पर्छ। यो दिइँदैन भने कुनै प्रकारको विकास र गरिबीबाट निकास हुने आधार तयार हुँदैन।

कुनै व्यक्ति अति उच्च पदमा पुग्नु र पुग्न लायक हुनु दुई अलग कुरा हुन। यो सन्सारमा धेरै मानिसहरु अप्रत्याशित रुपमा उच्च पदमा पुगेर पनि त्यसको निर्वहनमा असफल हुन्छन्। यस्तो हुनुको पछाडि सहज तरिकाले तानतुनको भरमा पदार्पण हुनु पनि हो। तानतुनमा कसैलाई माथि पुर्‍याउन र तल पछार्नमा लेखक, पत्रकारहरू आदिको पनि नजानिँदो सहयोग रहेको छ। यसबाट सचेत हुन सिकौँ।

नेपालको सन्दर्भमा नैसर्गिक रुपमा कसैको पृथक पहिचान छैन। आजको दिनमा पहिचान गराउने काम मिडिया र सामाजिक सञ्जालले गरेको छ। यही मौकामा कसैको बारेमा अनावश्यक गुणनुवाद गर्दा अर्को योग्य मानिस पदबाट बाहिर आउने अवस्था हुने भएकाले कसैमाथि  काल्पनिक जलप घस्दा सुनको  ठाउँमा पित्तल उचाइमा पुग्न सक्छ।

हरेक ठाउँमा शक्तिको संघर्ष हुन्छ जो संघर्षमा सफल हुन्छ ऊ नै टिक्न सक्छ भनी चार्ल्स डार्बिनले भनेको कुरा प्राकृतिक विषयवस्तुसँग सम्वन्धित थियो। प्रकृतिसँग कोही आजसम्म लड्न प्रयास गरे पनि रोकथाम होला पूर्ण विजेता हुन सक्दैन।

मानिसले जित्ने भनेको मानिसको मन नै हो जुन कमलो हुन्छ। प्रशंसा चाहे झुठो नै किन नहोस त्यो दियो जस्तो हुन्छ जसले हिमालको बरफलाई पनि पगाल्न सक्छ र त्यही दियोले कसैको घर जलाउन पनि सक्छ। ज्ञान र बौद्धिक दियोलाई शक्तिमानहरुको चाकडीमा प्रयोग नगरौ। किनकी आफ्नो क्षणिक न्यानोका लागि जंगलमा आगो लगाउँदा अन्तत्वगत्वा आफू पनि बाँच्न मुस्किल हुन्छ।

अख्तियार तीन स्रोतबाट प्राप्त हुन्छ जस्तै सक्षमताको आधारमा मेसी, एमबाब्वे, विराट, सचिन, अभिताभ आदि अर्को मान्यताको आधार राम, बुद्ध, कृष्ण, महम्मद, जिजस आदि र वैधानिक आधार हो चुनाव जितेका वा शत्तामा पुगेका सवै नेता।

यसबाहेक संगठनले पनि अख्तियार जन्माउँछ यसलाई पनि कानुनीको रुपमा प्राप्त अख्तियार मानिन्छ। सक्षमता र मान्यताको आधारमा प्राप्त अख्तियार स्वशक्तिमान हुन्छ र स्वविवेकीय रुपमा चल्छ। यसलाई विरोध गर्न मिल्दैन तर वैधानिक अख्तियारको विवेकपूर्ण प्रयोगका लागि हरेक बौद्धिक वर्ग प्रतिस्पर्धामा आऊँ तर कलमलाई पाऊस्पर्शमा चरणागत नगराऊँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.