पाल्पा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार पाल्पा आएकी छन्। उनी पाल्पाको दोभानस्थित सिद्धबाबा मन्दिरमा दर्शन गर्न आएकी हुन्।
उनले सिद्धबाबाको मन्दिरमा पूजा आराधना गरेको मन्दिर व्यवस्थापन समितिका पूर्वसचिव राजेश श्रेष्ठले बताए। राष्ट्रपति आज दिउँसो ३:१० बजे आएकी थिइन्। २० मिनेट पूजा गरेर फर्किएको उनले बताए।
सिद्धबाबामा पूजा गरेपछि उनी काठमाडौँ फर्किएकी हुन्। उनलाई गाउँपालिका र मन्दिर व्यवस्थापन समितिले सम्मान गरेका थिए। रूपन्देहीमा औद्योगिक व्यापार मेला उद्घाटन गर्न आउने क्रममा राष्ट्रपति यहाँ आएकी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।