|

काठमाडौं : सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो। 

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री दाबी नछोड्दा गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो। 

नयाँ सरकार गठनका लागि बसेको उक्त बैठक बिना निष्कर्ष सकिएको हो। बैठकस्थलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल बाहिरिसकेका छन्। 

बैठक स्थलबाट बाहिरिएका प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न बालकोट प्रस्थान गरेका छन्। साथै एमालेका दोस्रो तहका नेताहरूसँग माओवादी केन्द्रका महासचिव देव गुरुङ, वर्षमान पुनसहितका नेताहरुले छलफल गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.