|

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पदभार ग्रहण गरेका छन्। शहीदलाई श्रद्धाञ्जलि अर्पण गरी प्रचण्ड पदभार ग्रहण गर्न प्रधानमन्त्री कार्यालय आइपुगेका हुन्।

कुनै विशेष एजेण्डा नभएकाले आज पदभार मात्रै ग्रहण गरी परिचयात्मक छलफल गरिएको छ।

यसअघि ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री दाहाल लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ। पार्कभित्र उनको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गरेका थिए। यसैगरी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.