'रेड चाइना, डेथ टु स्प्यारो'

|

इलाम : मानव विकासको कालखण्डसँग भँगेराहरू अस्तित्वमा आए। मानिसहरूले खेतीपाती र बस्ती बसाउन थाले देखि नै भँगेरा र मानिसको सम्बन्ध एक अर्कासँग जोडिन पुग्यो। भँगेरा आज पनि मानिसको सबैभन्दा नजिकको चरा मानिन्छ।

घर–आँगनमा पोखिएका र छरिएका अन्नहरू खाने, अन्नबालीमा लाग्ने कतिपय हानिकारक कीरा–फट्यांग्रा र लार्भालाई खाइदिने र घर वरपरको पर्यावरणीय स्वच्छताको सूचकको रुपमा भगेरालाई लिइन्छ। तर तिनै भँगेरा उन्मुलख अभियान चलाउँदा चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओ जेदोङले गम्भिर विपत्तिको सामना गर्नुपरेको थियो। 

विश्वव्यापी क्रान्तिकारी आन्दोलनमा, अन्तर्राष्ट्रिय श्रमजीवी वर्गको क्रान्तिकारी विज्ञान माक्र्सवाद–लेनिनवादमा र यसका सम्पूर्ण वर्ग विभेदहरू उन्मूलन गर्ने माओले २७ वर्षे शासनकालमा उनले  एकपछि अर्को अभियान चलाए, तीमध्येका केही महत्वकांक्षी योजनाहरू सफल भएकै कारण आज चीन विश्व अर्थतन्त्रको शीर्ष स्थानमा रहेको मुलुक बन्न सकेको छ।

तर माओले भँगेरासँग जोडेर एउटा यस्तो अभियान चलाए जसका कारण चीनले भोकमरीको सामना गर्नुपरेको थियो। माओले जनसमुदायको गठन गरेर कृषि अर्थतन्त्रबाट कम्युनिष्ट समाजमा परिणत हुन्छ भन्ने मान्यता राखेर जनवादी गणतन्त्र चीनको दोश्रो पञ्च वर्षीय योजना ( सन् १९५८–१९६२) सार्वजनिक गरेका थिए। जसलाई 'ग्रेट लिप फरवार्ड' नाम दिइएको थियो। भँगेरा 'ग्रेट लिप फरवार्ड' अभियानको सन् १९५८ मा सुरु भएको 'मारो चार' एक हिस्सा थियो।

'मारो चार' को उद्देश्य चार प्रकारका जिवलाई निर्मुल पार्नु थियो। ती प्राणीहरू थिए– झिंगा, लामखुट्टे, मुसा र भँगेरा।  'ग्रेट लिप फरवार्ड' अन्र्तगत राखिएका पहिलो तीन जिवहरूबाट चीनिया नागरिकहरू पीडित थिए लामखुट्टेले औलो फैलाउँदै थिए, मुसाले प्लेग फैलाउनुका साथै अन्न नष्ट गरिरहेका थिए। झिंगा हटाउन सरसफाइसँग जोडिएको थियो, तर चिनियाँ कम्युनिष्ट पार्टीको अभियानले भँगेराको परिचय दियो एक 'अत्यन्त खतरनाक जनावर'।

 

भँगेरा उन्मूलन अभियान

जनवादी गणतन्त्र चीनका संस्थापकको जीवनी 'माओ ए लाइफ' शीर्षकमा बीबीसी एवम प्रेस ट्वान्टी फोर न्युजका पूर्व संवाददाता फिलिप शर्टले लेखेका छन्, 'माओको निष्कर्ष थियो कि भँगेराले एक वर्षमा चार किलोसम्म अन्न खान्छ, त्यसैले चिनियाँ नागरिकहरूलाई खुवाउन भँगेरालाई मार्नु धेरै महत्वपूर्ण छ।'

कम्युनिष्ट पार्टीको अखबार बेइजिङ पिपुल्स डेलीले मे ५, १९५८ मा लेखेको थियो, 'यो लडाइँ नजितेसम्म कुनै पनि योद्धा रोकिनु हुँदैन, यस लडाइमा सबै क्रान्तिकारीहरूले पूर्ण उत्साह र दृढ संकल्पका साथ भाग लिनुपर्छ ताकि मिचाहा पक्षी विरुद्धको लडाइँ होस्। जित्न सकिन्छ।'

'टाइम' पत्रिकाले आफ्नो ५ मे १९५८ को अंकमा यो अभियान एकदमै योजनाबद्ध ढंगले सञ्चालन भएको उल्लेख गरेको छ। पत्रिकाले 'रेड चाइना : डेथ टु स्प्यारो' शीर्षकमा लेखेको थियो, 'गत हप्ता स्कुल–कलेजका विद्यार्थी, सरकारी कर्मचारी र अधिकारीहरू बिहान पाँच बजे भाँडा वर्तन लिएर भगेरा मार्ने अभियानमा ठुलो मात्रामा सहभागी भएका थिए। रेडियो बेइजिङले यस अभियानमा सहभागी हुनेको संख्या ३० लाख रहेको बताएको छ। बिहान पाँच बजे बिगुल र सिट्टी बज्न थाल्यो र मानिसहरूले भँगेराहरूलाई आक्रमण गरे।'

रेडियो पेकिङले एक उत्साहजनक, क्रान्तिकारी गान गाउँदैः 'उठ, उठ, हे लाखौं एक हृदयले; शत्रुको आगोलाई बहादुरी गर्दै, अघि बढ।' टाइम्सको समाचारमा थप लेखिएको छ, 'अन्तिम रिपोर्टमा ३ लाख १० हजार भँगेराहरू पेकिङमा मात्र झरेका थिए, र रेड चीनको बाँकी भागमा अनुमानित ४० लाख राष्ट्रिय नायक युनानका १६ वर्षीय याङ सेह–मुन थिए। उनले दिनभरि रुखमा गुँड फेला पारेर २० हजार भँगेरा मारेका थिए।'

फुर्तिलो चरा मार्नु सजिलो काम थिएन, कतिपय चरालाई कम्युनिष्ट पार्टीको विद्यार्थी सँगठनका कार्यकर्ताले गुलेली हानेर मारेका थिए तर लाखौं चरा मार्ने फरक रणनीति अपनाइयो। मानिसहरूले सहर र गाउँहरूमा भाँडाकुँडाहरू पिटेर यति हड्ताल मच्चाउँथे कि भँगेराहरू लगातार उड्न बाध्य भए। उनीहरू उद्धेश्य बस्न र खान नदिने थियो। २–३ दिनसम्म लगातार खान बस्न नपाएपछि लगातार उडेको कारण ठुलो संख्यामा भगेर मर्न थाले।

फिलिप शर्टले आफ्नो पुस्तकमा भँगेरालाई कसरी शिकार गरेर मारिए भन्ने लेखेका छन्। भँगेराले बेइजिङस्थित पोलिश दूतावासमा शरण लिएको उनले उल्लेख गरेका छन्।  चिनियाँहरूले ती भँगेराहरूलाई मार्ने प्रयास गरे, तर पोलिश अधिकारीहरूले तिनीहरूलाई दूतावासभित्र प्रवेश गर्न दिएनन्। त्यसपछि दूतावासबाहिर ढोल बजाएर ठूलो संख्यामा मानिस जम्मा भए र लगातार दुई दिनसम्म भँगेरालाई उड्न बाध्य पारे।

फिलिप शर्टले लेखेका छन्, 'दुई–तीन दिन पछि, पोलिश दूतावासका कर्मचारीहरूले सयौं मरेका चराहरूलाई बेलचाले उठाए र बाहिर फाले।' यो अभियानका कारण एक वर्षमै चीनमा भँगेराहरू देखिन छाडे। सर्वव्यापी कोकेशियन रूख भँगेरा लगभग लोप भएको थियो।

त्यतिबेला जनताले सामूहिक अभियानबाट ठूलो सफलता पाएको महसुस गरे पनि चाँडै नै जनताले पारिस्थितिक सन्तुलन नराम्ररी बिगारेको महसुस गरे।   पारिस्थितिकविरुद्ध यस्तो घटनाहरू भए पनि चीनमा कसैले प्रश्न उठाएनन्, तर सन् १९५९ सम्ममा यस अभियानको विनाशकारी नतिजा देखिन थाल्यो।

अन्न बचाउने भँगेरा

चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेताले भँगेराले अन्न र फलफूल खाने देखेका थिए तर भँगेराको एउटा महत्वपूर्ण कामका बारेमा उनी अनविज्ञ थिए। भँगेरा मर्ने बित्तिकै कीरा र माकुराको संख्या एकदमै छिटो बढ्न थाल्यो, जसलाई चराले हुर्कनुअघि नै खान्थे।

कीराले बालीमा क्षति पुर्‍याइरहेको थियो तर बालीमा वास्तविक आक्रमण सलहले गरेको भनिएको थियो, जसले चीनमा पहिलेदेखि नै चलिरहेको खाद्य संकटलाई बढावा दिइरहेको थियो। सन् १९५८ देखि १९६० को बीचमा चीनले धेरै बाढीको सामना गर्नुपरेको थियो र अहिले भँगेरा नहुँदा किरा र फट्यांग्राले पनि बाँकी बाली नष्ट गरिरहे।

यसपछि अध्यक्ष माओले अप्रिल १९६० मा 'भँगेरा उन्मूलन अभियान' फिर्ता लिने घोषणा गरे तर 'ग्रेट लीप फरवार्ड' ले जे पनि सफलता हासिल गरेको थियो त्यो १९५९–१९६१ सम्म चलेको व्यापक अनिकालले संकटमा पारेको थियो।

१५ देखि ५५ मिलियनसम्म मानिसहरू भोकमरीका कारण मृत्यु हुनेको संख्या रहेको अनुमान गरिएको छ। सवैभन्दा बढि आन्हुईमा १८ प्रतिशत, चोङकिङ १५ प्रतिशत, सिचुआन १३ प्रतिशत, ग्वान्झामा ११ र हुनानमा ८ प्रतिशत थिए।  तीन वर्षसम्म चलेको डरलाग्दो अनिकालका अन्य कारण पनि थिए तर 'भँगेरा उन्मूलन अभियान' लाई पनि चीनको दुर्दशाको प्रमुख कारण मानिएको थियो।

अलेक्ज्याण्डर पन्तसोभले आफ्नो पुस्तक 'माओ, द रियल स्टोरी' मा चिनियाँ कम्युनिष्ट पार्टी र यसका शीर्ष नेताले आफ्नो गल्ती महसुस गरेको उल्लेख गरेका छन्। 'सुधारको रूपमा, उनीहरूले सोभियत संघबाट साढे दुई लाख भँगेरा पठाउन आदेश दिए। ताकि सलह हुर्कन अघि भगेराले खाएर बाली बचाउन सकुन्', उनले लेखेका छन्।  यसपछि झिंगा, लामखुट्टे र मुसासहितको 'चार मार' सूचीबाट भँगेराको नाम हटाएर 'किट उन्मुलन अभियान' सुरु भयो, त्यसपछि पनि माओले विभिन्न अभियानहरू निर्बाध रूपमा सञ्चालन गरिरहे।

बेल्जियमको 'रिसर्च इन्स्टिच्यूट फर नेचर एण्ड फरेस्ट' र बेलायतको ब्रिस्टल विश्वविद्यालयका अनुसन्धान प्रतिवेदनले मोबाइलको विकिरण' इलेक्ट्रोम्यागनेटिक रेडिएसन' का कारण विश्वबाट भँगेराको संख्या घट्दै गइरहेका छन्।

एक भिडियो

(बीबीसी, प्रेस २४ न्यूज र टाइम्समा प्रकाशित सामग्रीको भावानुवाद

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.