|

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। मंगलबार उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिब ५ महिना यताकै उच्च कारोबारसमेत भएको हो। नेप्से परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा​ पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।२८ अंकले बढेको छ।

मगंलबार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार २ अर्ब बराबरको कारोबार भएको थियो।

मगंलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। नेप्से बढेसँगै मंगलवार ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा

कारोबार भएको छ। जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। जसमा  बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.