एउटै वडाको ९ जना घाइते

|

काभ्रे : काभ्रेको विकट महाभारत गाउँपालिका-७ स्थित उदाउनेमा बुधबार राति बस पल्टिँदा चालक र साहुसहित २५ जना घाइते भएका छन्। बनेपाबाट गोकुलेधापतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस महाभारतस्थित सिन्धुली-हेटौडा सडकखण्डमा दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्। 

बनखु स्वास्थ चौकीबाट थप उपचारको लागि गम्भीर घाइते ३ सहित ७ जनालाई धुलिखेल अस्पताल रेफर गरिएको छ। अस्पताल रेफर गरिएकाहरूमा रोहन पुलामी, विन्दा आले मगर, डम्बरबहादुर रानासँगै सिता राना मगर, चक्र कुँवर, नेत्रकुमारी पुलामी र पन्चमाया माझी रहेका छन्।

काभ्रे जिल्ला प्रहरी कार्यालयका डिएसपी डुण्डीराज न्यौपानेले बसको साहु र चालकसहित २५ जना सवार मध्य काभ्रेको महाभारत-६ बस्ने १२ वर्षीय रोहन पुलामी, सोही स्थानका ६५ वर्षीय डम्बरबहादुर राना र महाभारत-८ बस्ने ३० वर्षीया बिन्दा आलेमगर गम्भीर घाइते रहेको बताए।

उनले १२ जना पुरुष, ९ जना महिला, १ जना बालक भने सामान्य घाइते भएकोमा उनीहरूको बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको बताए। 

इलाका प्रहरी कार्यालय देवीटारका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले बस करिब ६ः४५ बजे दुर्घटना भए पनि ७ बजे जानकारी पाउनासाथ आफ्नै कमाण्डमा ९ जनाको प्रहरी टोली दुर्घटनास्थल गएको बताए। उनका अनुसार हिमाल तराई यातायातको बस स्टेयरिङमा समस्या आउँदा सडकमै पल्टिएको हो।   प्रहरी चौकीबाट घटनास्थल १० किलोमिटरको दूरीमा छ।

डिएसपी न्यौपानेका अनुसार घाइते हुनेमा बस साहु बनेपा-६ बस्ने ५५ वर्षीय नरबहादुर श्रेष्ठ, बसचालक सिन्धुपाल्चोकका ३३ वर्षीय राज लामा, सोही जिल्लाको लिसङ्खुपाखर गापा-२ बस्ने बसका सहचालक २६ वर्षीय मिलन लामा र  सोही स्थान बस्ने २८ वर्षीय बयानसिंह तामाङ, काभ्रेको महाभारत-१ बस्ने ४१ वर्षीय उत्तरबहादुर लुङ्गेली मगर, सोही वडाका अन्दाजी ५० वर्षकी गंगामाया तुंसिङ, ४५ वर्षकी सिता रानामगर, २५ वर्षीय ओमकुमार श्रेष्ठ, महाभारत-६ बस्ने ५३ वर्षीय प्रेमलाल स्याङतान, २३ वर्षकी युनिसा तामाङ र उनकै छोरा ३ वर्षीय आशिष तामाङ, २२ वर्षीया सिता पुलामी, ५८ वर्षीय भीमबहादुर क्षेत्री, ४० वर्षीय कमल क्षेत्री, ५१ वर्षीया सनीमाया थिङ, ४० वर्षीया पञ्चमाया माझी, ४० वर्षीय चक्रबहादुर कुँवर, काभ्रेकै खानीखोला-४ बस्ने ५३ वर्षीया विमला माझी रहेका छन्। महाभारतको वडा नम्बर ६ एउटै वडाका ९ जना घाइते भएका छन्। 

कैलालीको चौमाला राजिपुर नगरपालिका-४ बस्ने ४२ वर्षीया पार्वती ठगुन्ना, सिन्धुलीको हरिहरपुर गापा-१ बस्ने १७ वर्षीय एल्सन लोप्चन, जाजरकोटको भेरी नपा-११ बस्ने ३५ वर्षीय दुर्गाबहादुर बुढा, सिन्धुलीको मरिन गापा-१ बस्ने ५८ वर्षीया नरेन्द्रकुमारी राना घाइते भएका छन्।

घाइतेहरूको कुम, पाखुरा, छाती, कान, घाँटी, दाँत र टाउकोमा चोट लागेको छ। बस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.