|

काठमाडौं : उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्। 

पत्नीसहित लामिछाने पूजापाठ गरेर बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्। 

सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो। तर सलामीका क्रममा भुईँमा पिर्का राखिएन। 

सचिवालयका अनुसार मन्त्री लामिछानेकै आग्रहमा पिर्का नराखिएको हो । यसअघि ‘पिर्के सलामी’को चर्को आलोचना हुने गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.